२०८१ कार्तिक ५, सोमवार , ०२:३९:५० बजे

Sajhamanch
'

सोनु, अर्जुन र अनिस बने ‘रोङ गट ट्यालेन्ट’

आइतवार, असार २३, २०८१

इलाम। इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कविता विधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोस्रो र आरध्या अर्याल तेस्रो भएका छन् ।

त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भुजेल पाँचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, सौगात सुब्बा दोस्रो र एलिना राई तेस्रो घोषित भएका छन् । गायनमा देबधन राई चौथो र हर्कमान सुन्दार पाँचौ घोषित भए ।

त्यसैगरी रोङ प्रतिभाको खोजी अन्तरगत नै कविता तर्फ अनीश राई प्रथम तिलकराज कोइराला दोस्रो र साम्पोल गजमेर तेस्रो भएका छन् । कवितामा शुष्मा राई चौथो र तेजकुमारी चौलागाइ पाँचौ घोषित भएका छन् । प्रतियोगितामा विजयी सबैलाई आयोजकले नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गरेको थियो ।

यस अघि विभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट कविता विधामा सामुएल गजमेर , अनीश राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेका थिए । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका थिए ।

नृत्य विधामा निस्ता राई , प्रज्ञा भुजेल , आराध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेका थिए । गाउँपालिकाका लुकेर रहेको प्रतिभाको खोजी गर्न पालिकाले सञ्चालन गरेको यो प्रतियोगिताको कलाकर्मीहरूले स्वागत गरेका छन् ।

यो प्रतियोगिताको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर आगामी वर्ष हिउँदकै समयमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए ।

सम्बन्धित खबर