२०८१ माघ १२, शनिवार , ०३:४७:४२ बजे

Sajhamanch
'

त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ

आइतवार, असार २३, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी गरेसँगै कार्यकर्ता भर्ती गर्ने दिन गएको उनले बताएकी हुन् ।

उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ । शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति रहेको मन्त्री श्रेष्ठको ठहर छ ।

समस्या पहिचान भएपछि त्यसको समाधान खोज्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।’

यो विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति मन्त्री श्रेष्ठले आभार प्रकट गरेकी छन् । नेपालको शिक्षा क्षेत्र र नेपालमै समग्र भविष्यबारे जिम्मेवार सबैले यसमा समर्थन र निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर