२०८१ कार्तिक ४, आइतवार , ०८:२४:२९ बजे

Sajhamanch
'

सप्तकोसीमा पानीको बहाव अझै बढ्दै

आइतवार, असार २३, २०८१

विराटनगर । सप्तकोसीमा पानीको बहाव बढ्दै गएको छ । बिहान ९ बजेको मापन अनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको सुनसरी प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन् । बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको थियो ।

सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको छ । कोशी ब्यारेजले प्रतिसेकेन्ड ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्ने बताइन्छ । त्यसभन्दा माथि पानीको बहाव भएमा खतरा मानिन्छ ।

सम्बन्धित खबर