२०८१ कार्तिक ५, सोमवार , ०२:०१:४२ बजे

Sajhamanch
'

सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै

आइतवार, असार २३, २०८१

झापा । सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार गएको जुन २१ तारिखदेखि गएको बिहिवारसम्मको १३ दिनमा ३०९ जना संदिग्ध ठगी आरोपमा पक्राउ परेका छन् । उनीहरु १३०० वटाभन्दा धेरै ठगीमा संलग्न रहेको प्रहरीलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

धेरैजसोले अनलाइन व्यापारमा ठगी, नक्कली एकान्ट बनाएर पैसा माग्ने, आकर्षक प्रतिफलको आसामा लगानी गर्न बाध्य बनाउने र अनलाइनबाट जागिर खोजिदिने लगायतका आसा देखाएर ठगेको पाइएको छ ।

उनीहरुले एक करोड सिङ्गापुर डलरभन्दा धेरै ठगेको प्रहरीले जनाएको छ । सिङ्गापुर प्रहरीले अबको मुख्य चुनौती नै अनलाइन ठगी रोक्नु रहेको बताएको छ ।

सम्बन्धित खबर