२०८१ कार्तिक २, शुक्रवार , ०८:४३:५५ बजे

Sajhamanch
'

एनएमसीलाई उत्कृष्ट ब्यवसाय पुरस्कार

शनिवार, असार २२, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मेचीनगर ६ झापा आज उत्कृष्ट ब्यवसाय पुरस्कारबाट काठमाडौंमा पुरस्कृत भएको छ ।

हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्टिय सहकारी महासंघले एनएमसीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ओमदेवी मल्ल, पूर्व अध्यक्ष लगायतले संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

मुलुकको दोस्रो ठूलो सहकारी संस्थाको परिचय बनाएको झापाको एनएमसीलाई पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लागायत सहभागी थिए ।