२०८१ भदौ २२, शनिवार , ११:३४:४७ बजे

Sajhamanch
'

जन्म दिनलाई स्मरणीय बनाउने आ–आफ्नै तरिका

बिहिवार, असार २०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीटोल निवासी पूर्णिमा राजवंशीले आफ्नो जन्मदिन अलि फरक शैलीले मनाएकी छन् ।

स्थानीय ३५ जना महिलाहरुलाई आफ्नै घर परिसरमा भेला गरेर पूर्णिमाले अर्गानिक ‌बाटेको धूप बनाउने तालिम दिएर जन्मदिन मनाएकी हुन् ।

कोचिला एकता जागरण बिर्तामोड नगर समितिका अध्यक्ष, बिर्तामोड नगर राजवंशी महिला‌ समूह र मेघाबारी महिला बचत समूहका सचिव पूर्णिमाले ३१ औं जन्मोत्सव अनुकरणीय ढंगले मनाएकी हुन् ।

हरिमाया राय सुवेदी, सरिता राजवंशी र सपना सुन्दासले सहजीकरण गरेको सो तालिमबाट स्थानीय महिलाहरु आत्मनिर्भर बन्नसक्ने विश्वासका साथ यस्तो कार्य गरिएको राजवंशी बताउँछिन् ।

उनको जन्मदिन मनाउन कोचिला एकता जागरणका केन्द्रीय अध्यक्ष‌ हसनारायण राजवंशी, केन्द्रीय उपाध्यक्ष जमुना राजवंशी, केन्द्रीय सदस्य रविन राजवंशीसहित बिर्तामोड नगर राजवंशी महिला‌ समूह र मेघाबारी महिला बचत समूहका दिदीबहिनीहरु सहभागी थिए ।