२०८३ वैशाख २७ आइतवार , ०४:४७:५१ बजे

Sajhamanch
'

धनुषामा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु

बिहिवार, असार २०, २०८१

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।

बिहीबार दिउँसो धनौजी गाउँपालिका-५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेलिरहेको बेला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय मुस्कान खातुन, जिनत खातुन र अजनवी खातनु रहेका छन्।

‘अरू पनि बच्चाहरू पोखरीमा नुहाइरहेका थिए। त्यसैक्रममा डुबेको हो। तीन जना १०-१२ वर्षका छन्। दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। एक जनाको अस्पताल ल्याउनुअघि नै मृत्यु भैसकेको थियो,’ उनले भने।

स्थानीयका अनुसार १० जना भन्दा बढी बालबालिका पोखरीमा नुहाइरहेका थिए। त्यही बेला बालिकाहरू डुबेपछि नुहाइरहेका अन्य बालबालिकाले गाउँलेलाई बोलाएका थिए।

स्थानीयले तीनै जनालाई उद्धार गरी अस्पताल पठाएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खबर