२०८१ कार्तिक ६, मङ्गलवार , १२:५१:०३ बजे

Sajhamanch
'

‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

बुधवार, असार १९, २०८१

झापा । ‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको रूपमा रहेको युनियन टापुमा रहेका सबैजसो घर क्षतिग्रस्स्त भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले टापु पुरै घरविहीन भएको बीबीसीको खबरमा उल्लेख छ । घर भत्किएपछि सडक अवरुद्ध भएका छन् । बिजुलीका पोल पनि सडकमा ढलेका छन् । सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको स्थानीयवासीले बताएका छन् ।

घरहरू भत्किए पनि युनियन टापुमा मानवीय क्षति भएको विवरण आएको छैन । त्यही आँधीका कारण भेनेजुएलामा भने कम्तीमा सात जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ ।

बेरिल आँधी युनियन टापुमा सन् १९८५ पछि आएको सबैभन्दा ठूलो आँधी हो ।

सम्बन्धित खबर