२०८२ वैशाख २७, शनिवार , ०६:०९:०५ बजे

Sajhamanch
'

यी स्थानमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना

बुधवार, असार १९, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बागमती र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, वैशाख २६, २०८२
पहाडी भूभागमा वर्षाको सम्भावना
बिहिवार, वैशाख २५, २०८२
आजको मौसम
बुधवार, वैशाख २४, २०८२