
काठमाडौं । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको हो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (सोमवार) मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।