२०८१ कार्तिक ५, सोमवार , ०८:०१:४६ बजे

Sajhamanch
'

भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किए

मङ्गलवार, असार १८, २०८१

झापा । भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुल भत्किएका भारतीय समाचार माध्यम दि इन्डियन एक्सप्रेसले जनाएको छ । भत्किएका पाँच पुल मध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका मिडिया रिपोर्टमा उल्लेख छ ।

भारतको ग्रामीण निर्माण विभागले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै दुर्घटनाका कारण भत्किएको दाबी गरेको छ । अररियामा वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुल उद्घाटनअघि नै भत्किएको हो । विभिन्न गाउँ जोड्ने पुलहरु भत्किदाँ स्थानीयबासी प्रभावित भएका छन् ।

बिहारमा बेलाबेला पुल भत्किने समस्या भईरहन्छन् । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो । पछिल्लो ४ वर्षमा झन्डै १० वटा पुल भत्किएका छन् ।

सम्बन्धित खबर