
काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः शुरु भएको छ ।
सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि केहीबेर अघि बैठक १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।