२०८१ माघ १०, बिहिवार , ०९:५०:४६ बजे

Sajhamanch
'

रुसविरुद्धको लडाइँका लागि लामो दूरीमा मार हान्न सक्ने हतियार सहयोग गर्न युक्रेनी राष्ट्रपतिको माग

सोमवार, असार १७, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला बढाएको भन्दै लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीका लागि सहयोगको अपिल गरेका छन् ।

रुसी क्षेप्यास्त्र आक्रमणबाट हिजो दुई जना बालबालिकासहित सात जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगी देशहरूसँग लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीको माग गरेका हुन ।

दक्षिण–पूर्वी शहर जापोरिझिया नजिकैको विल्नियान्स्क शहरमा रुसी आक्रमणमा ७ जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रवारदेखि आजसम्म रुसले गरेको आक्रमणमा ११ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।

जेलेन्स्कीले आफ्ना शहर र समुदायहरू रुसी आक्रमणबाट दैनिक रूपमा पीडित भएको बताएका छन् । उनले अमेरिका र युरोपले बेलैमा सहयोग नबढाएमा रुसको आक्रमण पनि बढ्ने र यसले युक्रेनलाई मात्रै नभई युरोपकै लागि खतरा बढाउने पनि चेतावनी दिएका छन् ।

सम्बन्धित खबर