२०८१ कार्तिक ८, बिहिवार , ०३:५६:४९ बजे

Sajhamanch
'

२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

सोमवार, असार १७, २०८१

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले कागजात झिकाउने निर्णय गरेको समितिले जनाएको छ ।

समितिको हिजोको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल भएको थियो ।

सम्बन्धित खबर