झापा । फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गरेका हुन ।
आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ । यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका ५७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ ।
संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् । आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै ५७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ ।
विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ । जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् ।
संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले २८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै १७२ सिट जितेको थियो ।