२०८१ पौष २७, शनिवार , ०९:२९:१० बजे

Sajhamanch
'

आज असार १५ : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

शनिवार, असार १५, २०८१

झापा । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ ।

नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

यसवर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारा तय गरिएको छ ।

जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान, विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी किसानमाझ पुर्याउने उद्देश्य छ ।

यसले धानको उत्पादन एवं उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ । सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम गर्दैछ ।

विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहभागी हुँदैछन् ।

सम्बन्धित खबर