२०८१ पौष २४, बुधवार , ०७:१२:१४ बजे

Sajhamanch
'

कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह

शनिवार, असार १५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् ।

खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताए ।

२१ औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेकोमा जोड दिएका हुन् ।

कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरूको अवस्था सुधार नहुने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

पछिल्लो समय बसाईंसराई र विदेश पलायनले कृषि क्षेत्र धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले दिगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरूले चासो देखाउनुपर्ने बताए ।