२०८१ माघ १३, आइतवार , ०८:२१:४८ बजे

Sajhamanch
'

जाँडरक्सी खाएर बर्सेनि झन्डै २६ लाख मानिसको ज्यान जाने गरेको डब्लुएचओको प्रतिवेदन

बुधवार, असार १२, २०८१

झापा । विश्वभर जाँडरक्सी खाएर बर्सेनि झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको ज्यान जाने जाँडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको डब्लुएचओको भनाइ छ । जाँडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा ज्यान जाने घटनामा एक जनाको जाँडरक्सी कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाँडरक्सी खाएका कारण हुने ज्यान जाने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।

जाँडरक्सीको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्‍याउने र मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताए।

उनका अनुसार सन् २०१० पछि विश्वभरमा जाँडरक्सीको खपत र सम्बन्धित हानीमा केही कमी आएको छ । तर यसको प्रयोगमा अझै नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर