२०८१ माघ १३, आइतवार , १२:४४:४१ बजे

Sajhamanch
'

केन्याको संसद् भवनमा सर्वसाधारणको प्रदर्शन : प्रहरीको गोली लागेर ५ जनाको ज्यान गयो, ५० भन्दा धेरै घाइते

बुधवार, असार १२, २०८१

झापा । केन्यामा कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् । आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका बीबीसीले जनाएको छ ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ । अरू ५० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर