२०८२ वैशाख २३, मङ्गलवार , ०७:१६:५० बजे

Sajhamanch
'

चिनियाँ उपविदेशमन्त्री काठमाडौंमा

सोमवार, असार १०, २०८१

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरे । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।

नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि चिनियाँ उपविदेशमन्त्री काठमाडौं आएका हुन् ।

संयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनका अधिकारीहरुबीच सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको जनाएको छ ।

सम्बन्धित खबर