२०८१ माघ १४, सोमवार , ०२:३१:१२ बजे

Sajhamanch
'

‘अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो एआई आउँछ’

सोमवार, असार १०, २०८१

झापा । जापानी बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सनले अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो कृत्रिम बौद्धिकता (एआई) आउने बताएका छन् ।

शुक्रवारको एक सार्वजनिक कार्यक्रममा यस्तो बताउँदै उनले त्यतिबेला आफ्नै जीवनको उद्देश्यमाथि समेत प्रश्न उठाएका थिए । भविष्यमा संसार कृत्रिम अति बुद्धिमान (एएसआई) हुने उनको भनाई छ ।

उनले आगामी तीनदेखि पाँच वर्षभित्र शुरुमा आउने जनरल एआई (एजीआई) मान्छेभन्दा १ देखि १० गुणा बढी बाठो हुने बताएका थिए । एजीआई मान्छेभन्दा धेरै बाठो नभए हामीहरूले जीवन यापनको शैली र मानव जीवनको संरचना फेर्न जरुरी नहुने उनको भनाई छ ।

तर, एएसआईको मामिला बिल्कुल फरक रहेको र यसमा व्यापक सुधार देख्न सकिने उनी बताउँछन् । उनले मानव मस्तिष्कमा भएका न्यूरोन्सले जस्तै एएसआईका विविध मोडलहरूले कसरी एक अर्कासँग अन्तक्र्रिया गर्छन् भनेर व्याख्या पनि गरेका थिए ।

यसले एआईलाई कुनै पनि प्रतिभावान् मान्छेभन्दा १० हजार गुणा बाठो बनाउने बताइएको छ । सन सफ्ट बैंकका संस्थापक हुन् ।

सम्बन्धित खबर