२०८२ वैशाख २४, बुधवार , ०५:०४:३५ बजे

Sajhamanch
'

बैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा

सोमवार, असार १०, २०८१

काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरेको हो । त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवमा निरन्तरता दिने निर्णय परिवर्तन नभएको मन्त्री डीपी अर्यालले जानकारी दिए ।

सम्बन्धित खबर