२०८१ पौष ११, बिहिवार , ०९:५३:०८ बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, असार १०, २०८१

काठमाडौं । देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ । कोसीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आजसँगै मंगलबार र बुधबार पनि वर्षा हुनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।यसैबीच, गएराति सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढेको छ । त्यसैले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।काठमाडौं उपत्यकामा आज वर्षा हुनेछ । “काठमाडौंका आज वर्षा हुनेछ । दिउँसो र राति नै वर्षा हुनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

उनका अनुसार काठमाडौंमा मंगलबार र बुधबार पनि वर्षाको सम्भावना छ ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्बन्धित खबर