२०८१ मंसिर १, शनिवार , १०:४१:०१ बजे

Sajhamanch
'

वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

आइतवार, असार ९, २०८१

काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिकाको २ नम्बर वडा कार्यालयका सचिव पक्राउ परेका छन् ।

रसुवाका डीएसपी केशव भट्टराईका अनुसार हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको हो । वडा अध्यक्ष ५३ वर्षीय कामी छिरिङ तामाङको हस्ताक्षर किर्ते गरेको आरोप उनीमाथि लागेको छ ।

वडा अध्यक्षको उपस्थिति र मन्जुरी बेगरै आफ्नो नाममा टिमुरेस्थित जग्गाको घरबाटो सिफारिशमा सचिव स्वयंले अध्यक्षको हस्ताक्षर गरेका थिए । उनीविरुद्ध किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए ।

सम्बन्धित खबर