२०८१ माघ १२, शनिवार , ११:२८:४८ बजे

Sajhamanch
'

अनलाइन सट्टेबाजीबाट २ करोड ७२ लाखको कारोबार गरेका महर्जन पक्राउ

आइतवार, असार ९, २०८१

काठमाडौं । अनलाइनबाट सट्टेबाजी गराएको आरोपमा काठमाडौं महानगरपालिका–५ का ३० वर्षीय किपेश महर्जन पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजीकुमार आचार्यका अनुसार उनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता सञ्चालन गरेर २ करोड ७२ लाख रुपैयाँको कारोबार गरेको पाइएको छ ।

अनलाइनमार्फत बेटिङ साइटहरुमा पहुँच राखेर महर्जनले ‘बाजी राख्दा जितिन्छ’ भनेर सट्टेबाजी गराएको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ ।

उनलाई कानूनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाइएको छ ।

सम्बन्धित खबर