
झापा । मदन भण्डारी फाउण्डेशन झापाको आज बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।
फाउण्डेसनको अध्यक्षमा हरिचरण शिवाकोटीलाई पुनः जिम्मेवारी दिइएको हो । फाउण्डेसनको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल निर्वाचित हुनु भएको जनाइएको छ ।
यसैगरी ३१ सदस्यीय कमिटीका सदस्यहरुमा हरिदाश ढुङ्गाना, पशुपति खतिवडा, संगीता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी र समर्पण खतिवडा चयन भएका छन् ।
यस्तै, निशा लिम्बु, निर्मला पाठक, नेत्रप्रसाद दाहाल, नारायणप्रसाद गौतम, असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई सदस्यमा रहेका छन् ।
सम्मेलनले फाउण्डेशनको ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहकारहरुमा रोमनाथ ओली, दिपक कार्की, उमानाथ ओली, सोम पोर्तेल, रामचन्द्र उप्रेती, गीता अधिकारी, बेनु शिवाकोटी, लक्ष्मी राई, चिन्तन पाठक, राधाकृष्ण खनाल र डम्बर बस्नेत रहेका छन् ।
मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष गोपाल गुरागाईंको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा मदन भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवादलाई आम नागरिकसम्म पुर्याउने फाउण्डेसनले काम गर्नु पर्ने बताइएको थियो ।