२०८१ माघ ११, शुक्रवार , ०७:४६:४९ बजे

Sajhamanch
'

चीनमा बाढी : ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

शनिवार, असार ८, २०८१

चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ ।

मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र ुलूु जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । चरम मौसमी प्रभाव कम गर्नेतर्फ तत्काल आवश्यक कदम चाल्नुपर्नेमा पनि विज्ञको जोड छ ।एजेन्सी

सम्बन्धित खबर