२०८१ माघ २१, सोमवार , ०३:५१:०० बजे

Sajhamanch
'

उत्तर कोरियाबाट रुसी राष्ट्रपति पुटिन भियतनाममा

बिहिवार, असार ६, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन ।

पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गर्नुभएको छ । भियतनामका कम्युनिस्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुगेका बीबीसीले जनाएको छ ।

पुटिनले गएको मे महिनामा आफ्नो पाँचौँ कार्यकालका लागि शपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गर्नुभएको हो । पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम गएका हुन ।