२०८२ वैशाख २७, शनिवार , ०६:०८:४४ बजे

Sajhamanch
'

यी चार प्रदेशमा बिहानैदेखि वर्षा

बिहिवार, असार ६, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, वैशाख २६, २०८२
पहाडी भूभागमा वर्षाको सम्भावना
बिहिवार, वैशाख २५, २०८२
आजको मौसम
बुधवार, वैशाख २४, २०८२