२०८१ मंसिर ११, मङ्गलवार , ०६:५२:३१ बजे

Sajhamanch
'

अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो

बुधवार, असार ५, २०८१

बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त लगानी र प्रयास नगरेको प्रतिवदेनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनमा सहभागी न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले वर्ड फ्लुको भाइरस कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्ने चेतावनी दिए । उनले विश्व समुदायले प्रकोप फैलिनुअघि रोक्न पर्याप्त मात्रामा प्रयास नगरेको भन्दै चिन्ता व्यक्त गरे । प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गरे।एजेन्सी

सम्बन्धित खबर