२०८२ कार्तिक ३०, शनिवार , ०९:४१:२७ बजे

Sajhamanch
'

भारतमा उच्च गर्मी, उत्तर प्रदेशमा २४ घण्टामा ९० जनाको मृत्यु

मङ्गलवार, असार ४, २०८१

नयाँ दिल्ली । भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ।

सोमबार लगातार दोस्रो दिन प्रयागराज देशकै सबैभन्दा तातो सहर बनेको थियो । यहाँको तापक्रम ४७ डिग्रीभन्दा माथि रेकर्ड गरिएको हो ।

उत्तर प्रदेशमा गर्मीका कारण २४ घण्टामा ९० जनाको मृत्यु भएको छ । तर, प्रशासनले यसलाई मान्ने गरेको छैन । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्यु गर्मीका कारण भएको हो भन्ने खुल्ने प्रशासनको भनाइ छ । तर चिकित्सकहरूले धेरैजसोको मृत्यु तातो लहर र गर्मीका कारण भएको स्पष्ट बताउँछन् ।

उता, बिहारमा सोमबार गर्मीका कारण १७ जनाको मृत्यु भएको छ । तर, यसको पनि आधिकारिक पुष्टि भएको छैन ।

सोमबार औरंगाबादको तापक्रम ४६.९ डिग्रीमा रेकर्ड गरिएको थियो। छत्तीसगढमा गर्मीलाई ध्यानमा राख्दै गर्मी बिदा २५ जुनसम्म लम्ब्याइएको छ । गर्मी बिदा पछि पनि ओडिशामा विद्यालयहरू खुलिरहेका छैनन्।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मनसुन महाराष्ट्र, ओडिशा, आन्ध्र प्रदेश, पश्चिम बंगाल र बिहारका केही भागमा ४ दिनमा पुग्ने सम्भावना रहेको जनाएको छ । पश्चिम बंगाल र उत्तर-पूर्वी राज्यहरू (असम, मेघालय, अरुणाचल प्रदेश) मा वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२