२०८१ माघ २०, आइतवार , ११:०३:१७ बजे

Sajhamanch
'

राहुल गान्धीले वायनाड छाड्ने, प्रियङ्का गान्धीलाई उम्मेदवार बनाउने निर्णय

मङ्गलवार, असार ४, २०८१

झापा । भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन ।

राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने र उनकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।

कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियङ्का गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गरेकी बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै पत्रकार सम्मेलन गर्दै नेता राहुल गान्धीले आफूले एउटा सिट रोज्नैपर्ने भएकाले वायनाड छाडेको तर त्यहाँ जान नछाड्ने बताए। यस्तै प्रियङ्काले पनि आफ्ना लागि रायबरेली र अमेठी निकै प्रिय ठाउँ भएकाले त्यहाँ पनि गइरहने बताए।

प्रियङ्का गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिनुहुनेछ । प्रियङ्काले वायनाडका नागरिकलाई राहुल गान्धीको अभाव महसुस गर्न नदिने बताए।