२०८२ कार्तिक ३०, शनिवार , ११:३१:५३ बजे

Sajhamanch
'

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतिक्षित फिल्म ‘पुष्पा २-द रूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

यसअघि १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको फिल्म चार महिना पछाडि सारिएको छ। फिल्मको रिलिज मिति पोस्टपोन्ड भएको चर्चा भइरहेको समयमा निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे आधिकारिक जानकारी दिएको हो।

अब यो फिल्म वर्षको अन्त्यमा अर्थात् ६ डिसेम्बर (मंसिर २१) मा प्रदर्शन हुने भएको छ।फिल्मको प्रदर्शन मिति सार्नुको मुख्य कारण पोष्ट प्रोडक्सनको केही काम बाँकी रहेको बताइएको छ।

सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको यो फिल्म निर्माण घोषणादेखि नै निकै चर्चा र पर्खाइमा छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२