२०८१ पौष २, मङ्गलवार , ०४:२३:४६ बजे

Sajhamanch
'

५० हजार वर्ष पुरानो मानव हड्डीमा भेटियो अहिलेको भाइरस

मङ्गलवार, असार ४, २०८१

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् ।उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा भाइरस फेला परेका छन् । जबकि ती हड्डीहरू ५० हजार वर्ष पुराना हुन् ।ती भाइरसहरू उक्त निएन्डरथलका हड्डीहरू भन्दा पनि २० हजार वर्ष पुराना भएको वैज्ञानिकहरूको ठहर छ। योसँगै वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा पुरानो मानव भाइरस फेला पारेका छन् । त्यसअघि वैज्ञानिकहरुले साइबेरियामा एउटा बच्चाको दाँत फेला पारेका थिए । त्यसमा ३१ हजार वर्ष पुरानो भाइरस भेटिएको थियो । ती हड्डीहरू रुसको अल्टाइ पहाड नजिकैको चार्गिस्काया गुफामा भेटिएका थिए।

वैज्ञानिकहरूका अनुसार भाइरस एउटा डिएनएबाट अर्को डिएनएमा स्थानान्तरण हुँदै गएको छ । त्यसमा कुनै भाइरस यस्ता छन् जसले आधुनिक मानिसलाई समेत संक्रमित गराउने तथा बिरामी पार्ने गरेका छन् ।अध्ययन अनुसार आधुनिक मानव अर्थात् होमो सेपिएन्सको सबैभन्दा नजिकको नातेदार अर्थात् पूर्वज निएन्डरथल मानव विभिन्न ३ प्रकारका भाइरसबाट संक्रमित भएका थिए । ती तीनवटा भाइरस एडिनोभाइरस, हर्पिस भाइरस र प्यापिलोमा भाइरस रहेका छन् । ती तीनवटै भाइरसले वर्तमान मानिसलाई पनि संक्रमित गर्ने गरेको छ ।

जस अन्तरगत एडिनोभाइरसले रुघाखोकी, ज्वरो तथा आँखा रातो हुने जस्ता समस्याहरू पैदा गर्दछ भने प्यापिलोमा भाइरसका कारण यौन संक्रामक रोगहरू, जस्तै यौनांगबाट पानी बग्ने तथा विभिन्न प्रकारका क्यान्सर समेत लाग्दछन् । त्यस्तै हर्पिस भाइरसले ठेउलालगायतका रोगहरु लाग्ने गर्दछन् ।

वैज्ञानिकहरुका अनुसार यिनै भाइरसका कारण निएन्डरथल मानव प्रजातिको लोप भएको हो । किनकि त्यसबेला यी भाइरसविरुद्धको उपचार नै थिएन ।  bioRxiv  मानव आजभन्दा करिब ४० हजार वर्षअघि लोप भएको हो ।मानव पुर्खामा हालसम्मकै पूरानो भाइरस फेला परेको सम्बन्धी उल्लेखित अध्ययन हालै दष्यच्हष्ख जर्नलमा प्रकाशित भएको छ ।एजेन्सी

सम्बन्धित खबर