![](https://sajhamanch.com/wp-content/uploads/2024/06/pm-5.jpg)
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताएका छन । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे।
“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्र्दभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गरे ।
“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उनले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोष जनक रहेको पनि बताए।
“सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । निति तथा कार्यक्रम र वजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधी सभावाट पारित हुने छ” उनले भने।
उनले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राखे । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै नजभावना अनुसारका कामहरु भने हुन नसकेको उनको भनाइ छ ।
“यो (सरकारको सय दिन ) सन्तोष जनक छ । तर पनि अझै पनि राष्ट्र र जनतको अपेक्षा अनुसार गति दिन आवश्यक छ भन्ने ठानेको छु”, उनले स्पष्ट शब्दमा भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ ।
“रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझे अनुसार त्यस्तो केही पनि छैन” उनले भने।