२०८१ कार्तिक ८, बिहिवार , ०९:१९:५१ बजे

Sajhamanch
'

नेपाल पराजित भएसँगै विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो ।

टी–२० विश्वकपमा समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुगे ।

दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आज भएको समूह ‘डी’ को अर्को खेलमा श्रीलङ्काले सुखद अन्त्य गरेको छ । उसले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो । आज बेलुका समूह ‘सी’ का न्युजिल्यान्ड र पपुवा न्यू गिनी (पीएनजी) खेल्दैछन् ।

त्यस्तै अब समूह ‘सी’ मा अफगानिस्तान र वेष्टइण्डिजको अन्तिम खेल भोलि मङ्गलवार हुनेछ । समूह ‘डी’ मा रहेको नेपाल ४ खेलमा १ अङ्कका साथ समूहको पुछारमा रहेर बाहिरियो ।

सम्बन्धित खबर