२०८१ माघ २१, सोमवार , ११:०२:५४ बजे

Sajhamanch
'

भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

सोमवार, असार ३, २०८१

नयाँ दिल्ली । भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा गङ्गा नदीमा १७ जना श्रद्धालु बोकेको डुङ्गा पल्टिएको हो । दुर्घटनामा ११ जनाको सकुशल उद्धार भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा हिजो दुर्घटना भएको थियो । बारहका एसडिएम शुभम कुमारले सकुशल उद्धार गरिएको ११ जनाको स्वास्थ्य ठिक रहेको र बेपत्ता ६ जनाको खोजी भइरहेको बताए।

सम्बन्धित खबर