२०८१ पौष २६, शुक्रवार , १०:१३:३७ बजे

Sajhamanch
'

ओमसाई हस्पिटलका नर्सिङ कर्मचारीहरुलाई सिसिएनएएनद्वारा आधारभूत तालिम

आइतवार, असार २, २०८१

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरुलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिएको छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ)को सहकार्यमा हस्पिटलमा कार्यरत ४० जना नर्सिङ कर्मचारीहरुलाई दुई दिने आधारभूत तालिम दिइएको हो ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका कोअर्डिनेटर कविता सिटौलाका अनुसार नेपालमा यस्तो प्रकारको तालिम फाउन्डेसनले सन् २०१६ देखि सञ्चालन गर्दै आइरहेको छ ।

यो तालिम चाइनिज युनिभर्सिटी हङकङले सुरुवात गरेपछि अहिले नेपालसहित विश्वका ६५ वटा देशमा सञ्चालन भइरहेको छ । झापा जिल्लामा बीएण्डसी हस्पिटलपछि ओमसाईमा दोस्रो पटक यो तालिम सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

आइसियु र क्रिटिकल केयरमा कार्यरत स्टाफ नर्सहरुले जटिल रोगका लागेका बिरामीहरुको ज्यान कसरी बचाउन सकिन्छ भनेर उनीहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम अति नै आवश्य रहेको सहजकर्ता सिटौलाको भनाई छ ।

बिरामीहरुको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवाका लागि यो तालिम सञ्चालन गरिएको उनले बताइन् । तालिममा सहभागी नर्सिङ कर्मचारीहरुलाई फाउन्डेसनका कविता सिटौला, सुगम फुयल, मुन्नी सुब्बा, पुजा दाहाल, आशा पोखरेल, पर्वता भट्टराई, गंगा अधिकारीले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा अध्यक्षता गर्दै हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले नर्सिङ कर्मचारीहरुका कारण हस्पिटलको सेवा प्रभावकारी बनेको बताए ।

कर्मचारीहरुको साथ, सहयोग र सदभावका कारण यस हस्पिटलमा उपचारका लागि आउने बिरामीहरु स्वास्थ्य उपचार पश्चात सकुशल फर्किरहेको उनको भनाई छ ।

कार्यक्रममा हस्पिटलका मुख्य नर्सिङ अधिकृत निशा पाठक, नर्सिङ अधिकृत ज्योति भट्टराई, सहायक अधिकृत इन्दिरा खतिवडा लगायतको सहभागिता रहेको हस्पिटलका प्रमुख व्यवस्थापक दीप पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर