२०८१ असोज ४, शुक्रवार , ०२:४४:२९ बजे

Sajhamanch
'

भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट गरिनेछ।

द ब्याटल, लाइभ शो, सेमीफाइनल हुँदै दुई महिनासम्म चल्ने सोको फिनाले आगामी साउन ३२ गते हुनेछ। कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल हुन्। यस सिजनको जजका रुपमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार देखिनेछन्।

यसपटक भने कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ।प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन्।