२०८१ माघ २१, सोमवार , ०७:१५:५४ बजे

Sajhamanch
'

युद्धविराममा ढिलाइ गरेको भन्दै गाजाबासीले हमासको आलोचना गरे

शुक्रवार, जेठ ३२, २०८१

झापा । इजरायलसँगको युद्ध अन्त्य गर्न असफल भएको भन्दै गाजाबासीले विद्रोही समूह हमासको आलोचना गरेका छन् । घेराबन्दी र संघर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले आफूहरूको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । गएको नोभेम्बरमा एक हप्ताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजरायली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो । मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध अन्त्य गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने प्रयासमा इजरायल र हमाससँग निरन्तर छलफल गरिरहेका छन् ।

सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि त्रासको वातावरणमा बसेका केही गाजावासीले युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मानेका छन् ।