२०८१ असोज ३, बिहिवार , ०१:०७:५५ बजे

Sajhamanch
'

क्याम्पसमा नृत्य प्रस्तुति दिन सन्नी लियोनीलाई केरला विश्वविद्यालयले दिएन अनुमति

शुक्रवार, जेठ ३२, २०८१

 भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो ।

विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले कार्यक्रमलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै अभिनेत्री लियोनीको उक्त शोलाई सूचीमा समावेश नगर्न रजिस्ट्रारलाई निर्देशन दिएका छन् ।उनले संघलाई क्याम्पस भित्र वा बाहिर यस्ता कार्यक्रम आयोजना गर्न नदिन निर्देशन समेत दिए । स्रोतहरूले एनडीटीभीलाई बताएअनुसार कलेज युनियन पनि कार्यक्रम आयोजनाका लागि अधिकारीबाट स्वीकृति लिन असफल भएको थियो ।

कोचिनको एक विश्वविद्यालयमा भएको भागदौडको घटनामा चार जना विद्यार्थीले ज्यान गुमाएपछि राज्य सरकारले कलेज क्याम्पसमा बाहिरी डीजे पार्टी, म्युजिकल नाइट लगायत कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।गत वर्ष कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (कुस्याट) मा भएको भागदौडमा चार विद्यार्थीको मृत्यु भएको थियो भने ६४ जना घाइते भएका थिए । निकिता गान्धीको नेतृत्वमा क्याम्पसको ओपन–एयर अडिटोरियममा आयोजित संगीत कन्सर्टको क्रममा यो दुस्खद घटना भएको हो ।

केरला उच्च अदालतले वार्षिक टेक्नोलोजी फेस्टिभलमा उक्त भागदौड ‘केही असफलता’को कारण भएको र ‘कहिल्यै त्यस्तो हुनुहुँदैनथ्यो’ भनेर फैसला गरेको छ ।४३ वर्षीया अभिनेत्री सन्नी लियोनीले ‘जिस्म २’, ‘ज्याकपट’, ‘सुटआउट एट वडाला’ र ‘रागिनी एमएमएस २’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

सम्बन्धित खबर