२०८१ पौष २५, बिहिवार , ०९:५३:४० बजे

Sajhamanch
'

कुवेतको मंगफ शहरमा आगलागी, ४९ जनाको मृत्यु

बिहिवार, जेठ ३१, २०८१

कुवेतको मंगफ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो भारतीय र अन्य विदेशी कामदार छन्। उद्धारकर्मीका अनुसार ४९ मृतकमध्ये ३० जनाको पहिचान भइसकेको छ, जसमध्ये अधिकांश भारतीय नागरिक छन्। ज्यान गुमाउनेमा पाकिस्तानी, बंगलादेशी, फिलिपिन्स पनि छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ जना कामदार बसेका थिए। कुवेतका आन्तरिक मन्त्रालयका प्रवक्ता मेजर जनरल इद अल ओवेइहानले सरकारी टीभीलाई स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागी भएको जानकारी दिए।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भवनको तल्लो भागमा आगो लागेको र माथिल्लो तलाबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखाइएको छ।कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ अल(सबाहले सम्पत्ति मालिकहरूलाई लोभको आरोप लगाए र भवनको मापदण्डको उल्लंघनले दुःखद घटना भएको बताए।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। एजेन्सी

सम्बन्धित खबर