रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानका क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ ।
सुखोई–३४ जेट ‘पहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रक्षा मन्त्रालयद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान शुरु भएको बताइएको छ ।
पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।
जुन–८ मा क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक शहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर, तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए ।
फेब्रअरी २०२२ मा युक्रेनविरुद्ध रुसले शुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।