२०८१ साउन ११, शुक्रवार , ०३:४८:५८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता : समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप सबल बनाउन भूमिका खेलेको बताए।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर हिजो बेलुका स्वदेश फर्कनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले त्रिभुवन विमानस्थलमा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य बढाउने गरी प्रधानमन्त्री मोदीसँग छलफल भएको बताए।

भ्रमणका क्रममा भएका भेटवार्तामा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै संयन्त्रलाई परिचालन गर्ने, संयन्त्रमार्फत् नै सीमा समस्याको समाधान खोज्ने, पञ्चेश्वर र अरुण आयोजना एवम् कृषि क्षेत्रमा सहकार्यलगायतका विषयमा गम्भीर छलफल भएको उनको भनाई छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार नयाँदिल्ली जानुभएको थियो । शपथग्रहण समारोहपछि प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी मोदीबीच छोटो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । त्यस्तै भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग ‘प्रचण्ड’ ले हिजो शिष्टाचार भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर