२०८१ साउन १२, शनिवार , ०८:०५:३९ बजे

Sajhamanch
'

सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका दंगाल निर्वाचित

सोमवार, जेठ २८, २०८१

झापा । नेकपा माओवादी केन्द्रको भातृसंगठनका रुपमा स्थापित सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । उनी बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा जिल्ला सहकारी संघका सचिव  हुन् ।

केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्षमा पार्वती थापालाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष र खुल्ला सचिवमा निर्वाचन भएको थियो भने अन्य पदहरु सर्वसम्मत भएको थियो ।

सम्मेलनले प्रत्येक प्रदेशबाट एकएक जना उपाध्यक्ष चयन गरेको छ । सम्मेलनले ६५ सदस्यीय समितिमध्ये ५६ जना चयन गरेको र ९ जना मनोनयन गरिने वरिष्ठ उपाध्यक्ष दंगालले जानकारी दिए ।

कोटेश्वरमा भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । कार्यक्रममा देशभरबाट ५७७ जना प्रतिनिधि सहभागी भएका थिए ।