२०८१ पौष २५, बिहिवार , ११:४९:४३ बजे

Sajhamanch
'

राजेन्द्र महतो समूहको विराटनगरमा प्रदर्शन, कोशी नाम फेर्नुपर्ने जिकिर

शनिवार, जेठ २६, २०८१

विराटनगर । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच–मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आज शनिबार विराटनगरमा प्रदर्शन गरेको छ ।

विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्‍यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र बद्लेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम नागरिकले परिवर्तनको महसुस गर्न नसक्ने दावी गरे ।

मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकाले त्यसै अनुसार नयाँ नाम राख्नुपर्ने र कोशी खारेज गर्नुपर्ने उनको भनाई छ ।

सो सभालाई सम्बोधन गर्दै नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन सीमांकन पनि त्रुटिपूर्ण रहेको जिकिर गरे ।

कार्यक्रममा दर्जन हाराहारी नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर