कमल । कमल गाउँपालिकाको केर्खामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
कुइनेटो मिडिया प्रालिको आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
आज शनिबारबाट सुरु भएको तालिम २८ गतेसम्म सञ्चालन हुनेछ । तालिममा कमल गाउँपालिका ३ नम्बर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० देखि १२ कक्षासम्म अध्ययनरत २५ जना विद्यार्थीहरुको सहभागिता छ ।
सहभागी प्रशिक्षार्थीलाई किङ एफएम दमकमा स्टेसन मेनेजर मनकुमार गदाल, हिमशिखर टेलिभिजन तथा रेडियो हिमशिखरका समाचार शाखा प्रमुख सुदीप अधिकारी र महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ का शिक्षक विष्णुप्रकाश निरौलाले प्रशिक्षण दिइरहेका छन् ।
कुइनेटो मिडिया प्रालिका अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।