२०८२ भदौ २, सोमवार , ०८:३०:२२ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री कार्कीलाई युवा संगठन नेपालको ज्ञापनपत्र

शनिवार, जेठ २६, २०८१

झापा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ।

हजारौंको हस्ताक्षरसहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टोलीले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा नै पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

संगठनका महासचिव तथा कोशी प्रदेश ईन्चार्ज सुवासले ज्ञापनपत्र बुझाउँदै प्रदेशको समसामयिक विषय, जनताको समस्या लगायत युवा लक्षित विभिन्न विषयमा मुख्यमन्त्री कार्कीलाई मौखिक माग राखेका थिए।

संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू उक्त विषयमा सकारात्मक रहेको बताए । साथै उनले विभिन्न बुँदाहरुमा छ्लफल गरी सहयोग आदानप्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

सम्बन्धित खबर