२०८१ माघ २१, सोमवार , ०१:३५:४० बजे

Sajhamanch
'

विश्वभर लोकतन्त्र जोखिममा रहेको अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया

शुक्रवार, जेठ २५, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वभर नै लोकतन्त्र जोखिममा रहेको बताए । राष्ट्रपति बाइडेनले दोस्रो विश्वयुद्धको समाप्तिपछि पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकलाई फ्रान्समा पुगेर हिजो श्रद्धाञ्जली दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।

राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने पनि बताए ।