२०८१ साउन ११, शुक्रवार , ०४:०२:१० बजे

Sajhamanch
'

यूएईका लागि नेपाली कामदारको अनलाइन मागपत्र प्रमाणीकरण शुरु

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली कामदारहरूको अनलाइन मागपत्र प्रमाणीकरण कार्यको शुभारम्भ भएको छ ।

आज एक भर्चुअल कार्यक्रम गरेर उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कन्सुलर सेवा विभागबाट अनलाइन मागपत्र प्रमाणीकरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

विदेशका नेपाली नियोगहरूबाट रोजगारदाता कम्पनीहरूले गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अनलाइन प्रणालीमार्फत हुँदा रोजगारदाता कम्पनीहरूले राजदूतावासमा धाइरहनु पर्दैन । यसले राजदूतावासको सेवा प्रवाह अझ बढी शीघ्र, सरल, विश्वसनीय, पारदर्शी, गुणस्तरीय र प्रविधिमैत्री हुने तथा रोजगारदाता कम्पनीले गर्दै आएको प्रक्रियासम्बन्धी गुनासो पनि समाधान हुने सरकारको अपेक्षा रहेको छ ।

यस प्रणालीमा दूतावासबाट गरिएको मागपत्र प्रमाणीकरण एपीआई मार्फत फेमिसमा स्वतः आबद्ध हुने भएकोले कम्पनीहरूले मागपत्रको अवस्था स्वयम् हेर्न सक्ने हुँदा मागपत्र प्रमाणीकरणमा विद्युतीय सुशासन कायम हुने सरकारी दाबी छ ।

शुक्रवार, जेठ २५, २०८१ | परदेश (प्रवास), समाज

सम्बन्धित खबर